काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् ।
करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको अनलाइनखबरलाई बताइन् । बिहीबार निहारिकालाई आफ्ना म्यानेजरले भेटेर केही आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिइन् ।