पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षलाई कार्यकक्षमै हातपात र अश्लील गाली

  • कालिका खवर
  • शुक्रबार, असार ३, २०७९
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्।

    अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ।

    मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

    सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्कीसमेत दिएका छन्।

    यसअघि टेलिफोनमा समेत मन्त्री आलेले अधिकारीलाई अश्लिल गाली गर्दै धम्की दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs