एमालेले जिते पनि मैले जित्याजस्तो लाग्छ, मेरो बुद्धि बिग्रियो कि क्या हो ? : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, असार ३, २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले जिते पनि आफूले जितेजस्तो लाग्ने बताएका छन् ।

    चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले स्थानीय तह निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो मन नरहेको भन्दै एमाले, कांग्रेस, समाजवादीले जिते पनि आफूले जितेजस्तो लाग्ने गरेको बताएका हुन् ।

    ‘कांग्रेसले जिते पनि मैले जितेजस्तो लाग्छ, एमालेले जिते पनि मैले जितेको लाग्छ । समाजवादीले जितेपनि मैले जितेजस्तो लाग्छ । यो मेरो बुद्धि बिग्रिएकोको हो कि । किनकी संविधान संस्थागत हुने प्रक्रियामा दह्रोसँग स्थानीय तह बने । अब कसैले पनि भत्काउन सक्दैनन् । कसैले यसलाई प्रतिगमनतर्फ लैजान सक्दैन त्यसअर्थमा । स्थानीय तहको चुनाव भयो । चुनाव हुन्न भन्ने थियो । ‘

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs