सम्पत्ति कुम्ल्याएर पतिबाट टाढा हुन खोज्ने भावना तामाङ अन्ततः पुगिन प्रहरी खोरमा

  • कालिका खवर
  • शुक्रबार, असार ३, २०७९
  • राजु सुवेदी, काठमाडौं । विवाहको नाटक गरेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।

    सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी हुन । आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पति फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको हो ।

    झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा पतिले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना नेपाल फर्किएकी थिइन । ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा मुक्तानसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ ।

    सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ । भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरिवानासहित १० वर्षसम्म जेल जान सक्ने कानुनी प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs