धनगढीमा अलपत्र मेडिकल कलेज, देउबाको डडेलधुरामा जोड

  • कालिका खवर
  • शनिबार, असार ४, २०७९
  • प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुवात गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना बनाउने काम अगाडि बढाएको बताउनुभएको छ ।

    कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा शुक्रवार आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताउनुभयो । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनाेपयोगी तथा समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा उहाँको जोड थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs