भारतीय प्रधानमन्त्री मोदीले मनाए आमाको १०० औं जन्मदिन

  • कालिका खवर
  • शनिबार, असार ४, २०७९
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उनको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश गरेकी छन्।

    सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्। प्रधानमन्त्री मोदीले  केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए । उनकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs