एसपीपी एमालेको चुनावी एजेन्डा मात्रै हो : प्रवक्ता डा.महत

  • कालिका खवर
  • आइतवार, असार ५, २०७९
  • वीरगञ्ज – नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेको दावी गर्दैै आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन जारी रहने बताएका छन् । उनले कुन पार्टीले कति सिट लिने बारे आपसी सहमतीमा हुने उनले बताए ।

    वीरगञ्जको होटल दियालोमा आयोजना प्रेस युनियन नेपाल पर्साले आईतवार बीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतलेनेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाए । उनले ओली सरकारकै पालामा यसमा पत्राचार भएको खुलिसकेको बताउदै एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खाजेको आरोप लगाए ।

    पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा.महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा बिषयमा नेपाली कांग्रेसको जोड रहेको बताए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै एक उनले बीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताए ।

    निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे । निजी क्षेत्रको सक्रिय सहभागिताबिना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने उनको सुझाव थियो । पछिल्लो समय मन्त्री मण्डल हेरफेर बिषयमा महतले नेपाली कांग्रेस कुनै पार्टीको घरेलु राजनितिकमा हतस्क्षेप गर्ने मनसाय नबनाएको तथा मन्त्रीमण्डल समय अनुसार सहमतीको अधारमा गठबन्धनमा सहभागी पार्टीहरुको सिफारिसमा हुने कुरा रहेको बताए ।

    प्रस युनियन नेपालका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा मधेश प्रदेशका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा,नेपाली कांग्रेस पर्साका सभापती जनार्धन सिंह क्षेत्री,उपसभापती सभापती रामनारायण प्रसाद कुर्मी,नेता श्याम पोखरेल,रमेश पाण्डे,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण किशोर सिंहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs