चाेरीकाे पैसासहित पाेखरामा एक जना पक्राउ

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • कास्की प्रहरीले चोरीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा पक्राउ परेका हुन् ।

    पोखरा १० रामबजारको सादा पोसाककाे प्रहरी टोलीले तीन लाख ६२ हजार तीन सय ८० रुपैयाँसहित विश्वकर्मालाई प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले ‘एम्बुसिङ’ अभियान चलाएको थियो । आज आइतवार बिहान शङ्कास्पद अवस्थामा झोला बोकी हिँडेको अवस्थामा विकलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।

    विकले पोखरा १४ विपी मार्गमा रहेकाे सन्तबहादुर लामिछानेले सञ्चालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरेकाे अनुसन्धानबाट खुलेको खड्काले बताउनुभयाे । विश्वकर्माले पहिला त्यही कम्पनीमा लेखापालका रूपमा काम गरेका खुल्न आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs