रुकुम पश्चिममा भिरबाट लडेर एक किशोरीको ज्यान गयो

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ ।

    जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर  ज्यान गएकाे हाे ।

    अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।

    त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनकाे परिवारले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs