
मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई जितको खुसीयालीमा परिवार र आफन्तले सोमबार बाजागाजासहित स्वागत गरेका छन् ।
लाजिम्पाटको र्याडिसन होटलदेखि भैंसेपाटीस्थित घरमा उनलाई झकिझकाउ गाडी र बाजागाजासहित लगिंदैछ । परिवारका सदस्य र आफन्तले र्याडिसन होटलमा पुगेर प्रियंकालाई बधाई दिए ।