देशलाई सफल बनाउने अभियानमा लागेको छु : पौडेल

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ ।

    जिल्लाका सञ्चारकर्मीसँग आज सोमवार निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भन्नुभयो, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs