विदेशमा रहेका नेपाली मतदाताले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्थाका लागि सत्तारूढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने भएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग पुगेर यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग कुराकानी गर्ने भएका छन्।