रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

  • कालिका खवर
  • मङ्लबार, असार ७, २०७९
  • सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

    काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो ।

    उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs