
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।
‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ । ७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ ।