![](https://www.kalikakhabar.com/wp-content/uploads/2022/06/IMG_20220621_213810.jpg)
विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो । दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।