अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ । सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । तत्पश्चात ती बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलासा भएको हो ।