कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर गरिएको हो ।
‘डेढ बजे आकस्मिक रूपमा बैठक छ भनेर हामीलाई खबर आएको हो’ परिषदका एक सदस्यले भने, ‘एजेण्डाबारे बताइएको छैन ।’
अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो ।