प्रदेश र संघको चुनावपछि राजनीतिको बागडोर माओवादीको हातमा आउने सम्भावना छ : दाहाल

  • कालिका खवर
  • बिहिबार, असार ९, २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा दाहालले आगामी चुनावमा माओवादी मुलुककै दोस्रो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् ।

    अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावमा माओवादी नेकपा एमालेभन्दा अगाडि हुने सम्भावना रहेको बताएका छन् । ‘संघ र प्रदेश चुनावमा वामपन्थी दलमध्ये पहिलो दल बन्ने सम्भावना रहेको छ । यदि चुनावमा हामी लेफ्टमध्येको पहिलो भयौँ भने मुलुकको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ,’ उनले भने ।

    तेस्रो पार्टीका रूपमा अहिले माओवादीलाई कांग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता रहेको पनि उनले बताए । ‘अहिले चाबी त हाम्रै हातमा छ । तर कि कांग्रेससँग मिल्नुपर्ने कि एमालेसँग मिल्नुपर्ने अवस्था छ । हामीसँग चाबी त छ तर खोल्नका लागि अरु कसैको साथ चाहिने अवस्था छ,’ उनले भने ।

    वामपन्थी दलमध्ये पहिलो पार्टी भएमा एमाले र कांग्रेस आफूहरूसँग मिल्न आउनैपर्ने उनले बताए । ‘लेफ्टमध्येको पहिलो दल हुने हो देशको राजनीतिको बागडोर माओवादी केन्द्रको हातमा आउँछ । प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले माओवादीसँग नमिले कुनै उपाय नहुने अवस्थामा पुग्न सकिन्छ भन्ने हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs