सेवाग्राहीसँग दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

  • कालिका खवर
  • बिहिबार, असार ९, २०७९
  • प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ ।

    अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ ।महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए । ‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs