पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

  • कालिका खवर
  • शनिबार, असार ११, २०७९
  • पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

    पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ ।नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । ‘डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेकाे छ’ उहाँले भन्नुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs