काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।
मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका थिए ।
काठमाडौंभित्रका निजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर शाहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।