नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान हुन्छ: खतिवडा

  • कालिका खवर
  • शनिबार, असार ११, २०७९
  • नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने बताएका छन्।

    शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न भनेका छन्।

    उनले अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने पनि बताए।

    ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने, ‘तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं भन्ने कुरा केन्द्रीय कमिटीको बैठकमा भएको छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs