बिदाइ कार्यक्रममा रोइन मन्त्री झाँक्री, महिला पार्टी खोल्ने सङ्केत

  • कालिका खवर
  • आइतवार, असार १२, २०७९
  • काठमाण्डाै – राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।

    आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।

    यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs