तलब नदिएको आरोप लागेपछि झाँक्रीले भनिन्, ‘काम गरेको विवरण लिएर आउनुस्, आफ्नै तलबबाट दिउँला’

  • कालिका खवर
  • सोमवार, असार १३, २०७९
  • सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम गरेबापत् ६/७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् । तर झाँक्रीले भने न्यौपाने नेताको भनसुनका आधारमा सचिवालयमा काम गर्न आएको तर आफूलाई मन्त्रालयमा कुनै सहयोग नगरेको दाबी गरेकी छन् । न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाई छ । ‘मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने  होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा  गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,’ उनले लेखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs