प्रेम आले गौरव गर्नुपर्ने मन्त्रीमा पर्नु हुन्छ : पर्यटन सचिव न्यौपाने

  • कालिका खवर
  • सोमवार, असार १३, २०७९
  • मन्त्रिपरिषद् पुनर्गठनपछि आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आज सोमवार मन्त्रालयबाट बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले निवर्तमान मन्त्री आले कर्मचारीतन्त्रका लागि गौरव गर्नुपर्ने मन्त्री भएको बताउनुभएको छ ।

    नयाँ मन्त्री जीवनराम श्रेष्ठको स्वागत कार्यक्रमअघि मन्त्रालयको सभा कक्षमा आयोजित बिदाइ समारोहमा सचिव न्यौपानेले मन्त्री आलेको झन्डै नौ महिने कार्यकालमा समग्र कर्मचारी र मन्त्रालयको प्रतिष्ठा बढेको बताउनुभयो । ‘उहाँ डर, दबाब, धम्की, आर्थिक प्रलोभनमा कहिल्यै पर्नुभएन । मनमा लागेको कुरा जे हो भनिहाल्नु हुन्थ्यो । कर्मचारीलाई दबाब पनि कहिल्यै दिनुभएन’, सचिव न्यौपानेले भन्नुभयो, ‘हुने कामलाई हुन्छ भन्नुहुन्थ्यो भने नहुने कामलाई हुन्न भन्नुहुन्थ्यो । त्यसैले होला उहाँलाई जनताले एक्शन मन्त्रीको उपाधि दिएको ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs