बेलायत जाने नर्स ५ वर्षपछि फर्किनै पर्ने, के छ अरू नियम?

  • कालिका खवर
  • बुधबार, असार १५, २०७९
  • बेलायतमा नर्स पठाउन नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

    अब केही दिनमै समझदारी पत्रमा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। दुवै देशका प्रतिनिधि सम्मिलित समितिले समझदारीका लागि अन्तिम मस्यौदा तयार गरिसकेको छ। यो मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृत समेत भइसकेको छ।

    सम्झौताअनुसार नेपाली नर्सहरू बेलायत रोजगारमा जाँदा एक रूपैयाँ पनि शुल्क नलाग्ने मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले जानकारी दिए। नेपाली नर्सहरूको भिसा, टिकट तथा भर्ना प्रक्रियाका लागि आवश्यक शुल्क बेलायत सरकारले गर्ने भएको हो।

    यसमा निजी क्षेत्रको संलग्नता रहने छैन। वैदेशिक रोजगारका लागि सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लागिएको यो पहिलोपटक हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs