रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक

  • कालिका खवर
  • बिहिबार, असार १६, २०७९
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ ।

    स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराउनुभएको छ ।

    जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिनुभएको छ । उहाँले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs