मकै पाेल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन तर सडकमा त्यसरी मकै पोलेर बस्न पाइँदैन : नगर प्रहरी

  • कालिका खवर
  • सोमवार, असार २०, २०७९
  • काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि कारबाही गर्न नेपाल प्रहरीमा निवेदन दिएको छ ।

    नगर प्रहरीले कारबाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारबाही गर्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

    नगर प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेकाले उनीहरुलाई कारबाहीका लागि पत्र पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मकै पोल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन । तर त्यसो भन्दैमा तल्लो स्तरमा झरेर प्रहरीलाई अगुल्टोले हान्ने,  चिम्टाले पोल्ने र जथाभाबी मुख छाड्न छुट छैन ।’

    मकै पाेल्ने दम्पतीलाई यसअघि पटक पटक सम्झाइ बुझाइ गरेको पनि उहाँको दाबी छ । ‘महिनौँदेखि सम्झाएको र नमानेपछि उनीहरुलाई मुख्य सडकमा नभइ कुनै कुनामा व्यापार गर्न भनेका थियौँ । तर, अटेर गरी यसअघि पनि प्रहरीमाथि यस्तै दुर्व्यवहार गर्ने गरेका थिए’, सापकोटाले भन्नुभयो, ‘यसरी  राष्ट्रपति र प्रधानमन्त्रीको मुख्य मुभमेन्ट हुने सडकमा बसेर व्यापार गर्न पाइन्न ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs