काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।