पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीद्वारा स्वीकार

  • कालिका खवर
  • आइतवार, असार २६, २०७९
  • जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ ।

    नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका बीबीसीले जनाएको छ । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो । घटनापछि जापान शोकमा डुबेको छ । त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।

    आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । उहाँको पर्सि मङ्गलवार अन्त्येष्टि गर्ने तयारी छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घरमै पुगेर पूर्वप्रधानमन्त्रीको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले पूर्व प्रधानमन्त्री आबेकी पत्नीलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs