यहि असार ३२ गते हुन गईरहेको ठमेल पर्यटन बिकास परिषद्को निर्वाचनमा नेकपा एमाले निकट ध्रुव अधिकारी समुहको निर्वाचन परिचालन समितिकि संयोजकमा काङ्ग्रेसका महादिवेसन प्रतिनिधि पुर्व अध्यक्ष डा. रामशरण थपलियालाई सं चयन गरिएको छ ।
उक्त निर्वाचन परिचालन समितिले निर्वाचनलाई ब्यबस्थित र व्यापक बनाउनको निमिती विभिन्न उपसमितिहरु गठन गरेको छ । जसमा प्रचारप्रसार उपसमितीमा जीवन थापामगर संयोजक र आर्थिक उपसमितीमा जीवन थपलिया चयन गरेको छ । अधिकारी समुहलाई काङ्ग्रेसबाट निर्वाचित कामनपा १६ का अध्यक्ष मुकुन्द रिजालको समेत समर्थन छ ।
डा. थपलिया ठमेल पर्यटन बिकास परिषदको दुई कार्यकालमा अध्यक्षको सफल नेतृत्व निर्बाहन गरिसक्नु भएको पुर्व अध्यक्ष हो भने वर्तमान प्रमुख सल्लाहकार समेत रहनुभएको छ । उहाँका अनुसार ध्रुब अधिकारी समुहमा ल सबै घरधनी, ब्यबसायी, उपसमितिहरु र क्लब हरुको प्रतिनिधित्व गर्ने हिसाबले टिम बनाएको र अनुभवी ब्यतिहरुको समूह भएकाले यो टिमले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो । ठमेल पर्यटन बिकास परिषद्को २५,२६ र २७ औं बार्षिक साधारण सभा र ३२ गते निर्वाचन हो ।