मनसुन कमजोर, अबको तीन चार दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

  • कालिका खवर
  • सोमवार, असार २७, २०७९
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

    मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज केही पहाडी क्षेत्रमा बेलुकीपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

    तर, धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने छ । अबको तीन चार दिन नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

    काठमाण्डौमा दिउँसो १, २ बजेपछि बदली हुने र बेलुकीपख हल्का पानी पर्ने अनुमान रहेको पनि मौसमविद्ले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs