माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भूसाल

  • कालिका खवर
  • सोमवार, असार २७, २०७९
  • एमाले नेता घनश्याम भूसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले लेख्नुभएको छ ।

    ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ । अर्को पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने भुसालले बताउनुभएको छ ।

    भुसालले लेख्नुभएको छ, ‘कमरेड माधव नेपालले अर्काे पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs