ब्याजदर बढाउन गभर्नरको जोड

  • कालिका खवर
  • सोमवार, असार २७, २०७९
  • नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारिले  मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताएका छन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए ।

    प्रतिनिधि सभा संघीय संसद अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धि छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न  ब्याजदर बढाउनुपर्ने बताए ।स्टिमुलस प्याकेज ल्याएका  विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताए । ‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो’ उनले भने, ‘ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चित घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs