श्रीलंकाको आन्दोलनमा सहभागी युवा नेता भुमी सेनेविराथ्ना (Bhumi Senevirathna) लाइ नेकपा एमालेका युवा नेता मोदनाथ सिलवाल (सन्तोस) ले सोधेको प्रश्नको जवाफ।
हामीले संविधान परिमार्जन गरेर जनताको संविधान बनाउन माग गरेका छौ। हामीले राष्ट्रपतिको कार्यकारी अधिकार खारेज गर्नुपर्छ भनेका छौ। र त्यसपछि हामीलाई संसदमा बस्नको लागि दक्ष व्यक्ति चाहिन्छ भनेका छौ। हामी चुनावमा जान नसक्ने भएकाले अब हामी अन्तरिम सरकारमा जान र विज्ञहरूको समूहबाट सहयोग लिन माग गरिरहेका छौं। र हामीले राजपक्ष शासनद्वारा लुटेका सबै पैसा फिर्ता गर्न आवश्यक छ।
यी मध्ये कुनै पनि गर्न पहिले हाम्रो राष्ट्रपतिले पद त्याग्नु पर्छ। किनभने २० औं संशोधनले उनलाई दिएको अधिकार चरम छ। उहाँको कार्यकारी शक्तिले हामी केही गर्न सक्दैनौं।
भुमि गोटभाया सत्तामा आउनुअघि कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्थिन । तर जब कम्युनिष्ट पार्टीले राष्ट्रपतिको चुनावमा गोटाबायालाई समर्थन गर्ने निर्णय गर्यो, उनीहरू जातिवादी र हत्यारा हुन् भन्ने थाहा पाएको र देशका वर्तमान सबै राजनीतिक दलहरू भ्रष्ट भएको अब समर्थन गर्न नसक्ने भन्दै पार्टीबाट बाहिर निस्किन । अब उनि देश र जनतालाई साँच्चै माया गर्ने स्वतन्त्र जनताको समूहसँग राजनीति गर्ने गरेको र आन्दोलनलाई स्वतन्त्र रूपमा समर्थन गरिरहेको बताउछिन् । अहिले उनि ACT NOW समूह र Tharunodaya को प्रतिनिधित्व गर्छिन । परिवर्तनको माग गर्दै यस्ता धेरै युवा नेताहरू आन्दोलनमा होमिएको उनि बताउछिन्।