धरान र काठमाडौंका मेयर जस्तो होइन, काम गर्ने मेयर हु : आचार्य

  • कालिका खवर
  • सोमवार, असार २७, २०७९
  • सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट ।’ गठबन्धनबाट मेयर बनेका आचार्यले पोखरा महानगरमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने एक्लो पात्र थिए ।

    धरान, काठमाडौं र धनगढीका मेयरजस्तै उनी पनि कार्यपालिकामा अल्पमतमा पर्ने भएकाले आफूलाई स्वतन्त्रबाट जितेका ती जनप्रतिनिधिसँग आफैंले दाँजेका थिए । तर सोमबार महानगरले राखेको पत्रकार सम्मेलनमा भने मेयर आचार्यले धरान र काठमाडौं महानगरसँग आफूलाई नदाँज्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs