शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

  • कालिका खवर
  • मङ्लबार, असार २८, २०७९
  • जुम्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् । जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकाेठाभित्रै  चार जना विद्यार्थीकाे कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

    विद्यालयका प्रधानाध्यापक रामभजन यादव स्वयंले विद्यार्थीकाे कपाल काटेको भिडियो विद्यालय आफैले पोष्ट गरेको थियो । प्रधानाध्यापक यादवले विद्यार्थीलाई कपाल नकाटेको भन्दै सजाय स्वरुप कक्षाकोठामा कपाल काटिएको बताउनुभयो । विद्यालयले अनुशासन पालना गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवकाे भनाइ छ ।

    कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि बाेलिरहेकाे सुनिन्छ । उनले त्यहाँ बिचैमा टाटेपाटे बनाइदिनुपर्छ भनिरहेका छन् । विद्यालयका एक विद्यार्थीले कपाल काट्न भने अटेरी गरेको देखिन्छ । ४ जनाको कपाल कक्षाकोठाभित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निष्कासन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs