हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनालाई ११ कित्ता

  • कालिका खवर
  • मङ्लबार, असार २८, २०७९
  • हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेकेा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

    असार २८ गते, मंगलबार (आज) कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs