नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ ।
नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्नेबारे केही खुलाएको छैन । एसै क्रममा अखिल क्रान्तिकारीकि अध्यक्ष पन्चा सिंहले अर्थमन्त्री जनार्दन शर्मा निर्दोस भएको समेत जिकिर गरे ।