‘एम अधिकारी’ बारे भूसालको भनाइ, ‘एमालेकाे विभागमा सार्वजनिक पदमा रहेका व्यक्ति छैनन्’

  • कालिका खवर
  • बुधबार, असार २९, २०७९
  • नेकपा एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसाल आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्ति नरहने बताउनुभएको छ।

    विभागमा खोटाङ घर भएका एम अधिकारीको नाम उल्लेख भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले नियुक्त गरेको भन्दै विरोध भइरहेको छ।

    यो विषयमा प्रतिनिधि सभा पनि छानबिनको माग उठेको छ । तर विभागका प्रमुख भूसालले आज फेसबुकमार्फत एमालेका विभाग र कमिटीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहने उल्लेख गर्नुभएको छ ।

    भुसालले लेख्नुभएको छ, ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ । दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs