कांग्रेस बैठकमा महामन्त्रीद्वयको चर्को आलोचना, केटाकेटी जस्तो नहुनुस्

  • कालिका खवर
  • बुधबार, असार २९, २०७९
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् ।

    महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् । केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए । एक नेताका अनुसार बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs