जनार्दन शर्मामाथि छानबिन गर्ने संसदीय विशेष समितिका सदस्य हेरफेर

  • कालिका खवर
  • बिहिबार, असार ३०, २०७९
  • राज कुमार सिलवाल, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।

    समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।२२ असारमा गठित समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs