आर्जु र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भएपछी सभापति देउवाविरुद्ध खनिए महामन्त्री थापा र शर्मा

  • कालिका खवर
  • शनिबार, असार ३२, २०७९
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् ।

    आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका थिए । आफू लोकप्रिय हुन पार्र्टीको अनावश्यक आलोचना गरेको, सञ्चार माध्यममा समाचार बन्ने प्रयास मात्र गरेको, सभापतिलाई असहयोग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs