युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो

  • कालिका खवर
  • आइतवार, साउन १, २०७९
  • युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन्।

    रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेकाे अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

    आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् ।

    गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौँ सेना र नागरिकले ज्यान गुमाएका छन् ।

    अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs