महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने नेपालगञ्जका मेयरकाे लक्ष्य

  • कालिका खवर
  • आइतवार, साउन १, २०७९
  • नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटाे रिक्सामा कार्यालय फर्किनुभयाे । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएकाे हाे ।

    इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाकाे १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs