तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुकाे विकल्प छैन : याेगेश भट्टराई

  • कालिका खवर
  • मङ्लबार, साउन ३, २०७९
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ ।

    आज मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रियामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गर्नुभएको हो । उहाँले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । कसले के गर्‍याे भन्ने कुरा बिर्सिनुपर्छ । कसले के गर्‍याे भने धेरै पछाडि नफर्किऔँ । जब कसले के गर्‍याे भन्ने कुरामा हामी जान्छौँ, एकले अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ भने काम हुँदैन । अगाडि कसरी जाने, त्यो सोचौँ । माओवादी साथीहरू र समाजवादी फर्किनुपर्‍याे । ’

    सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताउनुभयो । उहाँले कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्ति राष्ट्रहरूसँग आँखा जुधाएर बोल्न सक्ने बताउनुभयो । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरूले सबै प्रणाली खाइदिने उहाँको भनाइ छ ।

    उहाँले नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने दाबी गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै नीति नभएको

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs