‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षलाई कारबाही गर्न माग

  • कालिका खवर
  • बुधबार, साउन ४, २०७९
  • काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् ।

    असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बजारमा कुकुर मार्ने औषधि खोजी रहेको थिएँ । बजारमा औषधि नै छैन, औषधि पाएको भए २ हजार ५ सय कुकुर एकै पटक मार्ने थिएँ । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs