इरान र टर्कीका समकक्षीसँग रुसी राष्ट्रपति पुटिनकाे तेहरानमा भेटवार्ता

  • कालिका खवर
  • बुधबार, साउन ४, २०७९
  • इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

    साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो ।

    पुटिन तेहरान अवतरण भएपछि स्वागत समारोहमा सहभागी हुनुभएको थियो । इरानको राष्ट्रिय तेल कम्पनीले रुसको सरकारी ग्यास कम्पनी गाजप्रोमसँग ४० अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा इरानी ग्यास क्षेत्रको विकास र नयाँ ग्यास निर्यात पाइपलाइन निर्माण समावेश छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनको इरान भ्रमणले युक्रेनमाथि आक्रमण गरेपछि रुस कत्तिको एक्लो भएको छ भन्ने देखाएको टिप्पणी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs