
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनबादी ले देशै भरी पार्टी कार्यकर्तालाई प्रशिक्षित गराउने उदेश्यले प्रशिक्षणअभियान चलाइरहेको छ । नेकपा एमाले पार्टी केन्द्रिय स्कुल विभागको समन्वय एबम जिल्ला कमिटी धादिङको ब्यवस्थापनमा ३५ जना नेता कार्यकर्ताहरुलाइ प्रशिक्षित गराइदै छ । आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रम पर्सि आइतबारसम्म निरन्तर चल्ने छ । एमाले धादिङका नेता तथा कार्यक्रतालाई पार्टी महासचिव शकर पोखरेल , उपमहासचिवद्वय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव योगेश भट्टराई प्रशिक्षण बिभाग उपप्रमुख इश्वरी रिजाल लगाएतले प्रशिक्षण दिनेछ्न । प्रशिक्षण कार्यक्रम बालाजुको सगुन क्याफेमा सन्चालन भैरहेको छ । प्रशिक्षण कार्यक्रम तालिका