आगामी निर्वाचनबाट प्रधानमन्त्री हुन कसैले रोक्न सक्दैन : प्रचण्ड

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने र आफू प्रधानमन्त्री हुने समेत दावी गरे । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, ‘पर्सामा माओवादी कमजोर छ  । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs